Techie IT

काठमाण्डौको मौसम आंशिक बद्ली सुदूरपश्चिम, प्रदेश १ र २ मा हल्का वर्षा


अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

तर, सुदूरपश्चिम, प्रदेश(१ र २ का केही ठाउँमा भने हल्का पानी परिरहेको मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले घाम लागे पनि दिउँसोपछि मौसम बद्ली हुने मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

उहाँका अनुसार दिउँसोपछि उपत्यकासहित केही ठाउँमा पनि पानी पर्ने सम्भावना छ । प्रदेश(१ र २ का केही ठाउँमा भने ठूलो वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आजराति पनि देशभर मौसम बद्ली रहने छ । भोलि र पर्सिको मौसम पनि यस्तै रहेको मौसमविद्ले बताएका छन् ।


क्याटेगोरी : समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!