Techie IT

अछाममा ३ अर्ब ४० करोड ५८ लाख बजेट बिनियोजन


संघीय सरकारले अछाम जिल्लाका स्थानीयतहरु लाई ३ अर्ब ४० करोड ५८ लाख बजेट बिनियोजन गरेको छ ।

जिल्लाका दश स्थानीयतह हरुका लागी उक्त बजेट बिनियोजन भएको छ ।

अछामका दश पालिका मध्ये सबै भन्दा बढी जिलाको साँफेबगर नगरपालिकामा ५० करोड ४० लाख र सबै भन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा २३ करोड ६४ लाख बजेट बिनियोजन भएको छ ।

यसैगरी जिल्लाको सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिका ३८ करोड १७ लाख, मेल्लेख गाउपालिका ३५ करोड ७२ लाख, तुर्माखाद गाउँपालिकामा ३४ करोड ८३ लाख,कमलबजार नगरपालिकालाई ३४ करोड ६७ लाख बजेट बिनियोजन भएको छ ।

यसैबिछ पचदेवल बिनायक नगरपालिका ३३ करोड ८७ लाख, रामारोशन गाउँपालिका ३३ करोड १६ लाख, चौरपाटी गाउपालिका ३० करोड २० लाख र ढकारी गाउँपालिकालाई २५ लाख ९२ लाख बजेट बिनियोजन गरेको छ ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!