Techie IT

सहज छैन होम आइसोलेसन


रामारोशन गाउँपालिका वडा नम्बर ३ कि ३०वर्षीया एक महिलालाई लगातार टाउको दुख्ने र ज्वरो आउने भइरह्यो । उनी स्वास्थ्य परीक्षणका लागिवडामा रहेको शान्तडा स्वास्थ्य चौकीमा पुगिन । पीसीआर परीक्षणमा उनमा कोरोना पोजिटिभ देखियो ।

जेठ ५ गते रिपोर्ट आएपछि उनीहोम आइसोलेसनमा छिन । ‘म छुट्टै कोठामा बसेकी छु, मेरो भान्सा अलग छ,’ उनले भनिन्, ‘परिवारका सदस्यसँग प्रत्यक्ष सम्पर्क छैन तर छिमेकीले श्रीमान् र छोरालाई घरबाहिर निस्किन समेत बन्देज गरेका छन ।

हिँडडुल गरिराख्नुपर्ने मधुमेहका बिरामी सासू÷ससुरालाई पनिबाहिर निस्कनै दिएका छैनन ।’ परिवार सदस्यको पीसीआर परीक्षणमा ढिलाइ हुँदा थप मानसिक दबाब भोग्नुपरेको उहाँले सुनाउनुभयो । मंगलसेन ५ की एक बृद्धा १२ दिनदेखि होम आइसोलेसनमा छिन  ।

उनीसहित परिवारका सवैले एउटै शौचालय प्रयोग गर्छन् । ‘प्रयोग गर्नासाथ सफागर्ने गरेको उनले बताइन । अहिलेसम्म उनमा कोरोनाको लक्षण देखिएको छैन ।

‘नगरका कर्मचारीले दैनिक फोन गरेर सोधिरहन्छन्,’उनले भनिन्, ‘उनीहरूको नम्बर टिपेर राखेको छु । गाह्रो प¥यो भने फोन गर्छु ।’ सोमबार घरका अरू ३ जनाको पनि स्बाव संकलन गरेर लगिएको छ, तर रिपोर्ट आएको छैन ।

नगरपालिकाले संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङमा ढिलाइ गरेको होम आइसोलेसनमा बसेका संक्रमितहरू बताउँछन  । विहिबार सम्म अछाममा ५ सय २६ जना संक्रमितहोम आइसोलेसनमा छन् ।

जनचेतनाको कमी

संक्रमितलाई होम आइसोलेसनमा राख्न सहजभने नभएको स्थानिय तहका प्रमुखहरू बताउँछन । ‘अझै पनि जनचेतनाको कमी छ, नगरपालिकाको स्वास्थ्य र सुरक्षा टोली घरघरमा पुगेर सम्झाउँदासमेत कतिपयले संक्रमितका परिवारलाई अपमान गरेको पाएका छौं,’ साँफेवगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले भन्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन मिनबहादुर कुँवरकाअनुसार होम आइसोलेसनमा बसेर १४ दिनपार गरिसकेपछि पीसीआर परीक्षण गरिँदैन ।

‘होम आइसोलेसनमा १४ दिनपार गरेपछि कुनै पनि लक्षण देखिएको छैन भने उनीहरू निको भइसकेको बुझिन्छ  । केही लक्षण देखिएको खण्डमा थप एक साता आइसोलेसनमा बस्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो ।

संक्रमण पुष्टि भएपछि लक्षण देखिएका संक्रमितलाई अस्पताल र लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमा बस्ने व्यवस्था छ  ।

अस्पतालमा बस्नेलाई सरकारले सबै सुविधा दिए पनि होम आइसोलेसनमा त्यस्तो नभएको संक्रमितहरूको भनाइ छ ।

संक्रमित निको भएपनि समुदायको डरले पहिचान लुकाउँदा होम आइसोलेसन र अस्पतालमा कति छन् भन्ने यकिन तथ्यांक नै नरहेको नगर कर्मचारीहरू बताउँछन ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय, स्वास्थ्य

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!