Techie IT

यार्सा सङ्कलनमा गएकी दार्चुलाकी एक महिलाको मृत्यु


दार्चुलास् अपी हिमाल गाउँपालिका–५ की एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा मृत्यु भएको छ ।

यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो ।

यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो । दुई÷तीन दिनसम्म पेट दुख्न निको नभएपछि मृत्यु भएको आफन्तले जनाएका छन्। मृतकको शवलाई आइतबार घर ल्याइएको हो। मृतकका दुई छारा र दुई छोरी छन् ।

यसअघि अपी हिमाल गाउँपालिका–४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा सङ्कलनका क्रममा हिउँ पहिरामा परी मृत्यु भएको थियो ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस