Techie IT

अछाममा बाघको छालासहित एकजना पक्राउ


अछाममा बाघ(चितुवा)को छालासहित एकजना पक्राउ परेका छन्।

जिल्लाको कमलबजार नगरपालिका–८ ढाकु बस्ने ५० वर्षीय विष्णुबहादुर विष्टलाई एकथान चितुवाको छालासहित प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उक्त चितुवाको छालासहित फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!