Techie IT

आइतबार थपिएका कोरोना संक्रमितभन्दा निको हुनेको संख्या झण्डै दोब्बर


आइतबार थपिएका कोरोना संक्रमितभन्दा निको हुनेको संख्या करिब दोब्बर रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ३ हजार ४७९ जना संक्रमित थपिएका छन्।

पिसिआर परीक्षणमार्फत ३ हजार २४ र एन्टिजेन परीक्षणका क्रममा ४५५ जनामा संक्रमण देखिएको हो।

यसै अवधिमा ६ हजार ६३६ जना कोरोनाबाट मुक्त भएका छन् ।

हाल देशभर ८९ हजार २१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोनाबाट मुक्त हुनेको दर ८३।५ प्रतिशत रहेको छ।

आइतबार काठमाडौं उपत्यकामा १ हजार १३१ जना संक्रमित थपिएका छन्। जसअनुसार काठमाडौं जिल्लामा ७३१, भक्तपुरमा १४६ र ललितपुरमा २५४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : कोरोना कहर, समाचार, समाज, स्वास्थ्य

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!