Techie IT

अछाममा आइतबार ३६ जनामा कोरोना संक्रमण पुष्टी


अछाममा आइतबार ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाका बिभिन्न पालिका र दैलेखको एक पालिकामा भएको स्वाब संकलनमा ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

पछिल्लो २४ घण्टामा कमलबजार पिसिआर प्रयोगशालामा ४८ जनाको कोरोना परिक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टी भएको हो ।  संक्रमित हुनेहरु जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर २ का १ महिला र १ पुरुष, साँफेवगर नगरपालिका वडा नम्बर ४, ७ र १३ का ४ जना महिला र ४ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।

यस्तै मंगलसेन नगरपालिका वडा नम्बर ४, ६ र ७ का २ जना पुरुष र १ महिलामा संक्रमण पुष्टी भएको हो । अनि पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर वडा नम्बर २, ३, ४ र ६ का ५ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टी भएको हो ।

यस्तै दैलेखको आठबिस नगरपालिका वडा नम्बर ४ , ६, ८ र ९ का १० जना पुरुष र ५ जना महिला गरि कमलबजार पिसिआर प्रयोगशालामा ३५ जनामा संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।

यस्तै १ जनामा एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १६ जना संक्रमित निको भएका छन् ।

यो समाचार तयार पर्दासम्म दोस्रो लहरमा निको हुनेको संख्या २ हजार १ सय ८१ पुगेको छ, भने अहिलेसम्म निको हुनेको संख्या ३ हजार ८ सय ४८ पुगेको स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ ।


क्याटेगोरी : कोरोना कहर, समाचार, स्वास्थ्य, हेडलाईन

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस