Techie IT

अछाममा २ दिन देखि निरन्तर वर्षा, सतर्कता अपनाउन प्रशासनको आग्रह


अछाममा २ दिन देखि निरन्तर पानी परिहरेको छ । मनसुन भित्रिएसँगै अछाममा पनि पानी पर्न थालेको हो ।

अविरल वर्षाका कारण कैलाश खोला, बुढिगंगा, र कर्णाली नदिमा पानीको बहाव उच्च र जोखिमयुक्त रहेको छ ।

खोला नालामा पानीको बहाव बढ्दा जिल्लाका केही गाउँ उच्च जोखिममा परेका छन् । रामारोशनको कैलाश खोला आसपास, बुढिगंगाको साँफेबगर आसपास र पूर्वी अछामको ताली, पुल्लेतोलाका केही गाउँ उच्च जोखिममा छन् । मौसम विज्ञान विभागका अनुसार अझै केही दिन नै भीषण वर्षा हुने सम्भावना रहेको छ ।

यसै बिच जिल्ला प्रशासन कार्यालय अछामले नदी आसपासका क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

जोखिमका विषयमा जिल्ला प्रशासन कार्यालय विभिन्न सरोकारवाला निकायहरूसँग नियमित समन्वय तथा प्रत्यक्ष सम्पर्क भइरहेको बताएको छ ।

साथै केही समस्या देखिएमा तत्काल प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस