Techie IT

कांग्रेस बाट जननिर्वाचित वडा सदस्य एमालेमा प्रवेश


शालीभान साउद
डोटी
पुष्पलाल श्रेष्ठकाे ४३ ओैं स्मृति दिवसका अवसरमा नेकपा एमाले डाेटीले गरेका विभिन्न कार्यक्रमकाे सिलसिलामा पार्टी प्रवेश कार्यक्रम पार्टी कार्यालय सिलगढीमा अायाेजना गरिएको छ । साेही पार्टी प्रवेश कार्यक्रममा नेपाली काग्रेश बाट अार्दश गाउँपालिका ६ का निर्वाचित वडा सदस्य राम बहादुर अधिकारी (बादल) नेपाली काग्रेश पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन ।

नेपाली काग्रेसकाे नेतृत्वमा सरकार गठन भए पनि देशले साे नेतृत्व बाट निकास नपाउने भएकाले उक्त पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेकाे अार्दश गाउँपालिका ६ का वडा सदस्य राम बहादुर अधिकारी (बादल) ले बताए ।

५६५ मत प्राप्त गरि नेपाली काग्रेस बाट जननिर्वाचित प्रतिनिधी राम बहादुर अधिकारी (बादल) लाई नेकपा एमाले डाेटीका अध्यक्ष चक्र मल्लले एक कार्यक्रमका बिच पार्टी प्रवेश गराउनुभएकाे छ ।

देशमा नेपाली काग्रेशकाे सरकार गठन भएको केही दिन वित्न नपाउदै पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा एमालेमा प्रवेश गरेका नेपाली काग्रेस बाट जननिर्वाचित वडा अध्यक्ष अधिकारीलाई नेकपा एमाले डाेटीका अध्यक्ष मल्लले पार्टीमा स्वागत तथा धन्यवाद ज्ञापन गरेका छन ।

साथै पुष्पलाल श्रेष्ठकाे ४३ ओैं स्मृति दिवसका अवसरमा उहाँप्रति भावपुर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै दिवसकाे अवसरमा नेकपा एमाले डाेटी द्वारा शैलेश्वरी मन्दिर र सडक छेउछाउमा २५० वटा वृक्षारोपण गरिएकाे छ । साेही अवसरमा पार्टीले जिल्ला कारागार सिलगढीका कैदि बन्दी, बृद्व अाश्रम तथा जिल्ला अस्पताल डाेटीका विरामि लगायत ७० जनालाई फलफुल समेत वितरण गरेकाे छ ।


क्याटेगोरी : समाचार, समाज

चन्द रेडियो बान्नीगढीमा कार्यरत छन् । करिब एक दशकदेखि पत्रकारिता गरिरहेका चन्दले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!