Techie IT

डोटीमा रुद्राक्षका बोटा लगायर पुष्पलाल श्रेष्ठको स्मरण


शालीभान साउद
नेकपा एमाले डोटीले नेपाल कम्युनिष्ट पार्टीका सँस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस विहीबार विभिन्न कार्यक्रम गरेर मनाएको छ । दिवसको अवसरमा नेकपा एमाल डोटीेले सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिर परिसर लगाएत अन्य धार्मिक तथा सार्वपनिक क्षेत्रमा रुद्राक्ष लगायत अन्य विभिन्न प्रजातीका २ सय ५० वटा बोटबिरुवा रोपेको छ ।

वृक्षारोपण कार्यक्रमको थालनी नेकपा एमालेका ७५ वर्षिया वृद्ध नेता सहदेव खाँतीले शैलेश्वरी मन्दिर परिसरमा रुद्राक्षको बोट रोपेर शुभारम्भ गरेपछि नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्ल,दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासि,डोटी जिल्ला खेलकुद समितका अध्यक्ष नरेश मलासी लगायतका सहभागिहरुले वृक्षारोपण गरेका थिए ।

त्यस्तै एमालेले जिल्ला कारागार डोटीमा रहेका ५७ जना कैदीबन्दी, जिल्ला अस्पताल डोटीमा बेड भर्ना भएका १० जना र पुज्यधर्मान्तक बृद्धाश्रम डोटीमा आश्रय लिईरहेका ३ जना गरि ७० जना मानिसहरुलाई फलफूल तथा जुस वितरण एमाले डोटीका अध्यक्ष चक्र मल्लले जानकारी दिए । कार्यक्रममा एमाले डोटीका जिल्ला स्तरीय नेता, विभिन्न भातृ संगठनका नेता कार्यकर्ता र पत्रकार लगाएतको सहभागिता रहेको थियोे ।


क्याटेगोरी : समाचार, समाज

चन्द रेडियो बान्नीगढीमा कार्यरत छन् । करिब एक दशकदेखि पत्रकारिता गरिरहेका चन्दले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!