Techie IT

डोटी प्रहरीले बरामद गरेको एक किलो सुन खै , प्रहरीको नियतमा शंका,


प्रकाश बम,
जिल्ला प्रहरी कार्यालय डोटीले सूचना दिन आनाकानी गरेको छ । छ महिना अगाडी बरामद गरेको सुन र नगद रुपैयाँका बारेमा सूचना माग गर्दा अनुसन्धान गरिरहेको भन्दै आनाकानी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीले स्रोत नखुलेको एक किलो एक सय ग्राम सुनसहित १७ लाख ४७ हजार नगद बरामदसँगै दुई जनालाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशी र इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक धर्मानन्द जोशी नेतृत्वको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा दिपायलबाट गत माघ १४ गते नगद बोकेर तराई जाने क्रममा दिसिनपा-४ कुलपातेबाट ६० वर्षिया काली भुललाई नगदसहित पक्राउ गरेको थियो ।

प्रहरीले नगदसहित पक्राउ परेकी केआईसिंह गाउँपालिका- ६ भिताडीकी महिलाको घरमा छापा मारेर लुकाएर राखेको एघार सय ग्राम सुन पनि बरामद गरेको थियो । काली र उनका भतिजालाई एक दिन जिप्रका डोटीमा राखेर दोस्रो दिन बयानपश्चात् छोडिएको प्रहरीको भनाइ छ ।

उक्त घटनासँग जोडिएका अन्य व्यक्तिहरूको खोजी र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले दाबी गरे पनि प्रहरीको नियतमा शङ्का उब्जिएको हो।

बरामद गरेको सुन र नगद रुपैयाँ बारेमा सम्बन्धित व्यक्तिलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा सँगको सहकार्यमा बुझाएको भनिए पनि बुझाएको प्रतिलिपिको सूचना नदिँदा प्रहरीको नियतमा शङ्का गर्ने ठाउँ प्रशस्त देखिएको छ ।

बरामद गरिएको सुन र रकम दाबी गर्न आएको व्यक्ति को हुन् र कहाँबाट आएका हुन् भनी लिखित जानकारी माग्दा अनुसन्धान भइरहेकाले दिन नमिल्ने भन्दै उल्टै जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी रवीन्द्र चन्दद्वारा हस्ताक्षर पत्रमा जवाफ दिएको छ ।

इन्टर पोल शाखासँगको सम्वन्यमा सुन र नगद गत फागुन १४ गते प्रहरी प्रधान कार्यालय मार्फत इन्टरपोल शाखामा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले प्रहरी प्रधान कार्यालय लेखामा कार्यरत प्रहरी नायब निरीक्षक राम चन्द्र बस्नेतलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ।

प्रहरी प्रधान कार्यालयलाई बुझाउँदा प्रहरी नायब निरीक्षक राम बहादुर खत्री , प्रहरी सहायक निरीक्षक सागर लामिछाने मगर र प्रहरी जवान अनुप कुमार मगर रोहवरमा बसेको पत्रमा उल्लेख गरिएको छ। ठुलो मात्रामा भित्रिएको सुन अन्य व्यक्तिहरूले समेत बाँडेर लगेको खुल्न आएको छ ।

प्रकरणमा जोडिएका अन्य व्यक्तिहरू अझै फरार छन् । पक्राउ परेकी महिलाले डोटीकै सुन पसलमा सुन बिक्री गरेर नगद लिएको खुल्न आएको श्रोत बताउँछ । घटनासँग जोडिएका, भारतबाट मिलेमतोमा सुन भित्र्याउने व्यक्तिहरू कहाँ छन् प्रहरी बेखबर छ नै ? स्रोत नखुलेको बिल विनाको सुन खरिद गर्ने व्यापारीबाट समेत सुन जफत गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दान बहादुर मल्लले घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए ।

उनले भने, ‘प्रहरीले अन्य सुन र व्यक्तिलाई यो बिचमा पक्राउ नगरिएको तर अनुसन्धान भइरहेको छ ।’ मल्लले भने ,’ हेडक्वार्टरे ठुलो समारोह गरेर भारतीय दूतावास हुँदै आएको सम्बन्धी व्यक्तिलाई बरामद गरिएको सुन र नगद बुझाइ सकेको छ ।’

बरामद गरेको सुन र नगदको बारेमा दुई हप्ता अगाडि जिल्ला प्रशासन कार्यालयमा व्यापक कुरा उठ्दा प्रहरी उपरीक्षक मल्लले माथिबाट सूचना आयो। लक्कीले नेपाल प्रहरी बरामद गर्‍यो ।सार्वजनिक गर्न नमिल्ने भएकोले जिल्लामा गरेनौँ । पीडितले ९०लाख को दाबी गरेको थियो ।

अहिले जति बरामद गरेको छ । त्यति बुझायौ ।
‘हाम्राकुरा


क्याटेगोरी : समाचार, समाज

चन्द रेडियो बान्नीगढीमा कार्यरत छन् । करिब एक दशकदेखि पत्रकारिता गरिरहेका चन्दले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!