Techie IT

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई इन्द्रेणी मार्फत ९३ लाख भन्दा धेरै सहयोग


इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कंडेलले सिन्धुपाल्चोक बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न रु, ९३ लाख ३२ हजार ४ सय ५४ नगद सहयोग हस्तान्तरण गर्नु भएको छ ।

हेलम्बु गाउँपालिकाका १७ बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माणका लागि प्रतेक परिवारलाई रु, ३ लाख ६६ हजार ५ सय ५७.५४ का दरले जम्मा रु, ६२ लाख ३१ हजार ४ सय ७८.१८ नगद सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । मंगलबार र बुधबार संचालक कृष्ण कंडेल सहित इन्द्रेणी टिमले हेलम्बुका बाढी प्रभावित क्षेत्रमा पुगेर गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सो रकम हस्तान्तरण गर्नु भएको छ ।

हेलम्बु गाउँपालिकामा बाढीले पुर्ण रुपमा क्ष्यति पु¥याएका हल्दे गाँउका दावा तामाङ, पासाङ लामा, ग्याल्जेन लामा, विनि तामाङ, नुर्वु तामाङ, र जिमी लामा रहेका छन् । भने इचोक गाँउका सुनिता तामाङ र छेवाङ लामा रहेका छन् । यस्तै छेस गाँउका सुर्जि तामाङ, बुद्धि तामाङ, आइते तामाङ र गोपाल तामाङ रहेका छन् । यस्तै तारुके गाँउका सुमित्रा भण्डारी, यदुनाथ भण्डारी, यदु कुमार पाध्य, सन्तोष पाध्य र मोहन पाध्य रहेका छन् । हेलम्बुका लागि इन्द्रणी मार्फत सहयोग गर्नु हुने सहयोगीहरुको सम्पुर्ण विवरण तलको लिङ्कमा हेर्न सकिने छ ।

त्यस्तै असार १ गते आएको बढीका कारण मेलम्ची न.पा. मा पुर्ण रूपमा क्षति भएका परिवारलाई इन्द्रेणी मार्फत घर निर्माणका ५ परिवारका लागि प्रतेक पीडित परिवारलाई रु, ३ लाख ६७ हजार २ सय २१ का दरले जम्मा रु, १८ लाख ३६ हजार १ सय ५ रुपौयाँ नगर प्रमुख, डम्बर बहादुर अर्याल, वडा अध्यक्ष रुद्र प्रसाद दुलाल र पीडित पक्षलाई उक्त रकम हस्तान्तरण गरिएको छ ।

मेलम्चीमा पुर्ण रुपमा क्ष्यति पु¥याएका बाढी पीडित कमल श्रेष्ठ, ङयन्द्र प्रसाद दुलाल, हिराकाजी श्रेष्ठ, रामजी श्रेष्ठ र मछिन्द्र श्रेष्ठ रहेका छन् । साथै रेडियो मेलम्चीको लागि सुइडेनबाट कृष्ण केसी र उहाँका साथिहरुले पठाएको रु, १५ हजार र अन्य पीडितको लागि दिनु होला भन्नु भएको रकम रु, १ लाख ४० हजार बाट रु, ३५ हजार गरि जम्मा रु, ५० हजार रेडियो मेलम्चीका अध्यक्ष डम्मर रसिक भारतीलाई हस्तान्तरण गरिएको छ । बाकी रु, १ लाख ५ हजार हेलक्बु, भोटेकोशीका विभिन्न पीडितहरुलाई हस्तान्तरण गर्नु भएको छ ।


क्याटेगोरी : समाचार, समाज

चन्द रेडियो बान्नीगढीमा कार्यरत छन् । करिब एक दशकदेखि पत्रकारिता गरिरहेका चन्दले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस