Techie IT

वर्षा याममा सरुवा रोगबाट बच्न यस्तो छ, डाक्टर साउँदको सुझाव (कुराकानी सहित )


वर्षा याममा झाडापखाला, टाइफाइड, हेपाटाइटिस लगायतका रोग लाग्न सक्ने हुनाले सावधानी अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् ।

निरन्तर झरी पर्ने भएकाले यो समयमा बाढी, पहिरोले पानीको मुहान दूषित हुने र यसबाट सरुवा रोग फैलने खतरा हुने माया मेट्रो अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर मोहन साउँदले बताउनुभयो ।

नेपालमा बर्सेनि वर्षा याम लागेपछि लाखौँ मानिस प्रभावित हुन्छन् भने झाडापखाला लागेकै कारण एक सयभन्दा बढीको मृत्यु हुनेको गरेको सरकारको तथ्याङ्कले देखाउँछ ।

अहिले पनि झाडापखाला, पेट दुख्ने जस्ता समस्या लिएर अस्पतालहरूमा दैनिक ५० देखि एक सयसम्म बिरामी आउने गरेको चिकित्सकहरू बताउँछन् ।

वर्षा याममा लामखुट्टेको टोकाइ र अन्य किरा फट्याङ्ग्राको टोकाइबाट लाग्ने रोगको पनि खतरा हुने भएकाले सतर्क रहनुपर्छ । स्वस्थ खाना र पानीको प्रयोग गर्ने तथा सरसफाइमा ध्यान दिने हो भने वर्षाको समयमा लाग्ने सरुवा रोगबाट जोगिन सकिने डा साउँदले बताउनुभयो ।

वर्षा यामको यो समयमा सरुवा रोगको जोखिम हुन सक्ने सम्भावना बढी भएको हुनाले सबै उमेर समूहका व्यक्तिले खानपानमा विशेष ख्याल गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।

सुनौँ यो कुराकानी ।


क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस