Techie IT

पत्रकार कुँवरको जन्मदिनको खर्च सामाजिक कार्यमा


नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य तथा रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशक तपेन्द्र कुँवरले जन्मदिनको अवसरमा हुने खर्च सामाजिक कार्यमा सहयोग गर्नुभएको छ ।

जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटौति गरेर उहाँले सामाजिक क्षेत्रमा क्रियाशिल संस्था हेल्प अछामलाई सहयोग गर्नुभएको हो । प्रदेश सदस्य कुँवरले हेल्प अछामलाई ५ हजार ५ सय ५५ रुपैया सहयोग गर्नुभएको हो ।

जन्मदिन उत्सव हो मनाउनु पर्दछ, तर जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नु हुँदैन भनेर हेल्प अछामलाई सहयोग गरेको प्रदेश सदस्य कुँवरको भनाई छ । जन्मदिनमा हुने फजूल खर्च परोपकारी र सामाजिक कार्यमा गरिने सहयोगले समाजमा पनि सकरात्मक सन्देश दिएकोे हेल्प अछामका अध्यक्ष हिमाल कुँवरको भनाई छ ।

उहाँले जन्मदिनलाई सधैं अविश्मरणिय बनाउनका लागि परोपकारी कार्यलाई बढवा दिन जरुरी रहेको बताउनुभयो । कार्यकारी निर्देशकबाट प्राप्त सहयोग आर्थिक अवस्था कमजोर तथा सामाजिक क्षेत्रमा खर्च गरिने अध्यक्ष कुँवरले बताउनुभयोे ।

अघिल्लो वर्षमा पनि कार्यकारी निर्देशक कुँवरले हेल्प अछामलाई ५ हजार सहयोग गर्नुभएको थियो । सामाजिक क्षेत्रमा सक्रिय हेल्प अछामलाई जन्म दिनको अवसरमा सहयोग गर्ने बढ्दै गएका छ्न ।


क्याटेगोरी : समाचार, स्थानीय

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस