Techie IT

३०३ वर्ष पुरानो विद्यालय जहाँ बालागुरु षडानन्द पढेका थिए…


तप् तप् पानी छतबाट एकहोरो चुहिरहेको छ । भग्नावशेष भवनको संरचना कतिखेर ढल्छ त्यसको ठेगान छैन । भुइँमा इँटा र काठ छरपस्ट छन् । बटुकहरु सुत्ने खाट भग्नाशेषको कब्जामा परेझै देखिन्छ ।

भग्नाशेषमा हराइरहेको छ, नेपालकै सबैभन्दा पुरानो श्री राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीको इतिहास । ३०३ वर्ष पहिले महोत्तरी जिल्लाको मटिहानीमा १७७५ सालमा जयकृष्ण दासले संस्कृत पाठशालाको नामले स्थापना गरेका थिए ।

शिक्षा विभागको तथ्यांकमा यो विद्यालयको स्थापना वि.सं. १८६८ मा भएको उल्लेख छ । शिक्षा सेवा आयोगको प्रश्नमा नेपालको पहिलो विद्यालय कुन हो भनेर २०७२ सालाबट सोध्न थालिएको छ । उत्तरमा राजकीय संस्कृत मावि मटिहानी हो भनेर दिइन्छ ।


क्याटेगोरी : समाचार, समाज

चन्द रेडियो बान्नीगढीमा कार्यरत छन् । करिब एक दशकदेखि पत्रकारिता गरिरहेका चन्दले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस