Techie IT

पूर्वसचिव रेग्मीको निधन


नेपाल सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीको आज बिहीवार बिहान ७१ वर्षको उमेरमा निधन भएको छ ।

केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित उहाँको आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । लामो समयसम्म गृहसचिव रहनुभएका उहाँ एक कुशल प्रशासकका रूपमा चिनिनुहुन्छ ।

उहाँका प्रशासन सुधारसम्बन्धी थुप्रै लेख, रचना तथा अन्तर्वार्ताहरू प्रकाशन, प्रसारण भएका छन् । उहाँकी श्रीमती र दुई छोरा हुनुहुन्छ । छोरा विदेशमा रहेकाले उहाँ स्वदेश फर्केपछि मात्रै अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।


क्याटेगोरी : समाचार, समाज

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस