Techie IT

मंगलसेन नगरपालिका अस्थाइ तथा करार कर्मचारीको भेलाबाट नयाँ समिति चयन, अध्यक्षमा हिरण्ड बोगटी


मंगलसेन नगरपालिका स्तरिय अस्थाइ, करार तथा ज्यालादारी कर्मचारी हकहित संरक्षण मञ्चको भेला सम्पन्न भएको छ ।

मंचका तदर्थ समिति अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा भएको अस्थाई तथा करार कर्मचारीहरुको पूर्ण भेलाबाट हिरण्ड बहादुर बोगटीको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो ।

मंचको उपाध्यक्षमा लक्ष्मी ढुंगाना, सचिवमा तर्क कुमार भुल, कोषाध्यक्षमा शेर राज नाथ र सह-सचिवमा महेन्द्र बिष्ट सहित १५ सदस्य रहेका छन ।

भेलाले १५ जनालाई जिल्ला भेलाका लागि प्रतिनिधिमा समेत छनौट गरेको छ ।

यस्तै भेलाबाटै मंचलाइ चलायमान बनाउँन सबै करार कर्मचारीहरुले निश्चित रकम संमलन गरि कोष निर्माण गर्ने र नगरमा कार्यरत अस्थाई तथा करार कर्मचारीहरुको हकहितका लागि नगरपालिका कार्यालयमा ज्ञापनपत्र पेश गर्ने निर्णय गरिएको छ ।

भेलामा सल्लाहकार संयोजक पौरख कुमार बोगटी, सल्लाहकार लक्ष्मण शाही, डण्डी प्रसाद ढुंगाना, एकेन्द्र बोगटी लगायतका अतिथि रहनुभएको थियो ।

कार्यक्रमको संचालन तदर्थ समितिका कोषाध्यक्ष दिल बहादुर केसीले गर्नुभएको थियो ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय, हेडलाईन


प्रतिक्रिया दिनुहोस