Techie IT

वाक नेपाल उत्थानशील जिबिको पर्जान तथा पोषण परियोजनाको वार्षिक प्रगति विवरण सार्बजनिक 


मेल्लेख गाउँपालिका मा वाक नेपाल उत्थानशील जिबिको पर्जान तथा पोषण परियोजना अन्तर्गत गत आर्थिक वर्ष २०७७÷०७८  को १ वर्ष अब धिमा  भए गरेका क्रियाकलाप र उपलब्धि तथा वार्षिक प्रगति विवरण सर्बजनिक  गरेको छ । 

मेल्लेख गाउँपालिकाका  ४ सय ३७ जनामा जीविका पार्जन पुनर्स्थापना सहयोग पुगेको छ । व्यवसाय पुनः स्थापना  अन्य विपन्न परिवारको जीवन स्तर माथि उठाउन  हरेक क्रियाकलाप सञ्चालनको लागि मेल्लेख गाउँपालिकाका ८ वटा वडामा ९० लाख ६३ हजार ६ सय बराबरको व्यावसायिक सामाग्री सहयोग गरिएको बताइएको छ ।

यस्तै  संस्थाले गरेको  क्रियाकलापबाट मेल्लेखमा भए गरेका काम को उपलब्धिको विषयमा  पनि व्यापक छलफल तथा समीक्षा गरिएको  छ ।

वाक नेपालका अध्यक्ष मीन बहादुर कुवरको अध्यक्षतामा  भएको  पालिका स्तरीय वार्षिक  प्रगति समीक्षा बैठकका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहरा रहनु भएको थियो ।

अध्यक्ष बोहराले प्रमुख अतिथिको आसनबाट बोल्दै  वाक नेपाल वर्ल्ड भिजनको सहयोगमा मेल्लेख गाउँपालिकामा गरेका हरेक क्रियाकलाप  उपलब्धि मूलक भएको बताउनुभएको छ ।

वाक नेपाल मार्फत मेल्लेख गाउँपालिकाको समन्वयमा सवालम्बि समाज, स्वास्थ्य,दिर्घजिवन सामाजिक न्याय सचेत नागरिक, शिक्षा, स्वास्थ्य, जीविका पार्जन लैङ्गिक समानता,विपत् जोखिम न्यूनीकरण, सामाजिक रूपान्तरण  व्यवसाय मुखी समुदाय स–शक्त बनाइ समाज रूपान्तरण लागि  पारदर्शिता सुशासन जबाफदेहितामा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै संस्थालाई  धन्यवाद दिनुभएको छ ।

उहाँले  आगामी दिनमा संस्थाले गर्ने क्रियाकलाप गाउँपालिकाको समन्वयमा मेल्लेखमा व्यावसायिक रण,व्यवस्था  समुहिक व्यवसाय स्वरोजगार सीप,सँगै समुदायको क्षमता वृद्धि गर्न वृहत् पालन बनाएर अगाडि बढ्नु पर्ने बताउनुभएको छ । 

यस्तै संस्थाको प्रगति समीक्षा बैठक लाई समापन गर्दै वाक नेपालका अध्यक्ष मीन बहादुर कुवरले अब आगामी वर्ष संस्था बाट गर्ने कामको लागि  थप पालिकाले बनाएको मास्टरपलानको आधारमा संस्थाद्वारा काम गर्न तयार रहेको बताउनुभएको छ ।

अबको ४ वर्षमा संस्थाले गर्ने हरके क्रियाकलाप हरू दिगो विकास समृद्ध निर्माण  तर्फ कार्यक्रम  लक्षित हुने बताउनुभएको छ ।

परियोजना को प्रगति समीक्षा बैठकमा परियोजना  मार्फत  भएका क्रियाकलाप को जानकारी परियोजना संयोजक दिलीप बोहराले  जानकारी  गराउनुभएको थियो ।

एच आई भि ट भि परियोजना बाट भएको काम बारे सयोजक बारे कबिराज जोसि ले जानकारी गाराउनु भएको थियो ।

समीक्षा बैठकमा  लेखा तथा प्रशासन अधिकृत  इश्वर उपाध्याय अनुगमन अधिकृत जगत रावल  जिविकोपार्जन अधिकृत धिरज ढुंगाना, आशिश उपाध्याय  कृति सिह कुवर सामाजिक परिचालक  रमेश भुल लगायतको  सहभागिता मा सहजिकरण गरिएको थियो ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय, स्वास्थ्य

चदारा बान्नीगढी टुडेको संवाददाता हुन् । उनी एक दशकदेखी पत्रकारीता पेशामा आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस