५१ किलो लागूऔषध गाँजासहित ४ जना पक्राउ

५१ किलोग्राम लागूऔषध गाँजासहित चितवन प्रहरीले चार जनालाई पक्राउ गरेको छ। चार जनाको साथबाट बिभिन्न समयमा उक्त परिमाणमा गाँजा बरामद गरिएको चितवन प्रहरीले जनाएको छ।
काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको ना ७ ख ५०११ नम्बरको रात्री बसबाट चितवन रत्ननगर नगरपालिका–१५ माधवपुरका २७ वर्षीय सोनाम बाइवाको साथबाट ७ किलो, कालिका नगरपालिका– ८ कालिकाटोलका २५ वर्षीय विमल तामाङबाट ६ किलो र बूढानीलकन्ठ नगरपालिका–३ तउलुङका २० वर्षीय राजकुमार तामाङको साथबाट ३ किलो गाँजा बरामद गरिएको चिवन प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।
यस्तै १५ माघ २०७६ मा चितवन राप्ती नगरपालिका–१ नयाँबस्तीमा ना २ ह ५८८० नम्बरको अटो रिक्साबाट ७ वटा पोकामा ३५ किलोग्राम गाँजा फेला पारी फरार रहेका सोही ठाउँका २० वर्षीय मिनराज घलानलाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकाहरूलाई लागूऔषध मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद लिई थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाल समय
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस