दार्चुलामा गौरा हेरेर फर्किदा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप
एक युवक पक्राउ

दार्चुलामा बाल यौन दुर्व्यवहार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
भदौ १५ गते राति मार्मा गाउँपालिका ६ पत्थरकाँडामा गौरा पर्व हेरेर घर फर्किने क्रममा बाल यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नौगाड गाउँपालिका-४ सिप्टीका २५ वर्षीय महेशसिंह ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले बताए ।
पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई बिहीबार पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
स्थानीय बालिकामाथि पत्थरकाँडामा गौरा पर्व हेरेर राति साढे ११ बजे घर फर्किने क्रममा ठगुन्नाले दुर्व्यवहार गर्न खोजेको आरोप छ ।
जाहेरीका आधारमा बाल यौन दुरुपयोगअन्तर्ग मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस