Techie IT

किसानलाई प्राेत्साहन गर्न दुध बोक्ने बाल्टी वितरण


हरिवन नगरपालिका–९ को वडा कार्यालयले तीन सय १५ जना किसानलाई दुध बोक्ने बाल्टी (क्यान) वितरण गरेको छ ।

वडा भित्रका पशुपालक किसानलाई प्रोत्साहन गर्ने र दुध बिक्री गर्न सहज होस भन्ने उद्देश्यले क्यान वितरण गरिएको वडाध्यक्ष सिताराम पोखरेलले जानकारी दिनुभयो ।

वडाको वार्षिक योजनाबाट पशुपालनमा संलग्न किसानलाई क्यान वितरण गरिएकाे हो । आफूहरुले दुध बाेक्ने क्यान पाएपछि किसान खुसी भएका छन् ।

किसानकाे पहिचान गरि वडा कार्यालयले क्यान दिएकाेमा हरिवन नगरपालिका–९ विष्णुपुरकी किसान लक्ष्मी उप्रेतीले खुसी व्यक्त गर्नुभयाे ।

हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाईंले उपस्थित पाँच जना किसानलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै क्यान हस्तान्तरण गर्नुभएको हो ।


क्याटेगोरी : समाचार, समाज


प्रतिक्रिया दिनुहोस