Techie IT

डोटीमा एक महिलामाथि बलात्कारको प्रयास


डोटीमा एक महिलामाथि बलात्कारको प्रयास भएको घटना सार्वजनिक भएको छ ।

जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ६ गिरिचौकामा सायल गाउँपालिकाकी एक महिलालाई बलात्कारको प्रयास गरिएको हो ।

पीडित महिला १८ गते घरबाट गिरीचौकामा आफन्तलाई भेटघाट गर्न गएकी थिइन् । गिरीचौकाको ढाटवाडा र काडा टोलकोबीच जंगलमा एक जना अपरिचित पुरुषले आक्रमण गरेको उनले बताइन् ।

आफूलाई पहिला हसिँया र बञ्चरोले घाइते बनाएको र त्यसपछि बलात्कारको प्रयास गरेको उनले बताइन् । घटनाका विषयमा प्रहरीलाई जानकारी आएको र घटनाको अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, समाज


प्रतिक्रिया दिनुहोस