Techie IT

बझाङमा किसानलाई कृषि सामग्री वितरण


बझाङको बुंगल नगरपालिका–६ का मकै नमुना गाउँका किसानलाई कृषि ज्ञान केन्द्र बझाङले ५० लाख रुपैयाँ बराबरको कृषि सामाग्री वितरण गरेको छ ।

मुख्यमन्त्री कृषि तथा पशुपंक्षी विकास कार्यक्रमअन्तर्गत बुंगलका मकै नमुना गाउँ डिन्नु, थलाकाँडा र गैरीगाउँका ३५० जना किसानलाई विभिन्न कृषि सामग्री वितरण गरिएको हो ।

केन्द्रले ४०० थान बिउ सुकाउने पाल, ७०० थान बिउ राख्ने भकारी, पाँच थान हाते ट्रयाक्टर र मकै बिक्री वितरण गर्नका लागि प्याकिङ गर्ने ३०० थान बोरालगायतका सामाग्रीहरू कृषकहरूलाई वितरण गरेको हो ।


क्याटेगोरी : समाचार, समाज


प्रतिक्रिया दिनुहोस