Techie IT

बैतडीको पाटन विमानस्थललाई बिस्कुन सुकाउने थलो बनाइयो


बैतडीको पाटन विमानस्थललाई बिस्कुन सुकाउने थलो बनाइएको छ। पाटन नगरपालिकास्थित पाटन विमानस्थललाई यहाँका स्थानीयले निजी कामका लागि प्रयोग गररिरहेका छन् ।

विमानस्थलमा हप्तामा एक दिन शुक्रवार मात्रै जहाज आउने भएपछि बाँकी दिनमा स्थानीयले गहुँ लगायतका अन्नबालीहरु सुकाउने गर्छन् ।

एक साता भन्दा बढी समय परेको वर्षाका कारण अन्नबालीमा कुहिन थालेपछि विमानस्थलमा सुकाएको स्थानीय रोशन विष्टले बताए । ‘धेरै दिनदेखि पानी परेको हुँदा घरमा सुकाउने ठाउँ नभएकाले यहाँ ल्याएर सुकाएको हुँ। गहुँ किराले पिठो बनाइसक्यो’ उनले भने। उनी जहाज पार्किङ गर्ने ठाउँमा गहुँ सुकाउँदै केलाउँदै थिए ।

उक्त विमानस्थलमा साना गाडीहरु चल्ने, मानिसहरुले आवतजावत गर्ने, फोटो खिच्न जाने तथा टिकटक बनाउन जाने र गाईवस्तु छिर्ने गरेको स्थानीय बताउँछन् ।

विमानस्थल छेउमा बलियो तारजाली छैन। भएका तार जालीहरु पनि भत्किएका छन् ।


क्याटेगोरी : समाचार, समाज


प्रतिक्रिया दिनुहोस