Techie IT

बाजुरामा भीरबाट लडेर घाइते भएका पुरुषको मृत्यु


बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका–४ का ४० वर्षीया धनबहादुर उखेडा भीरबाट लडेर घाइते भएका थिए ।

लडेर घाइते भएका उखेडाको उपचारको क्रममा नेपालगञ्ज लग्दै गर्दा बिच बाटोमै मृत्यु भएको हो ।

यसअघि घाइते उखेडाको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नेपालगन्ज रेफर गरिएको थियो ।


क्याटेगोरी : समाचार, समाज


प्रतिक्रिया दिनुहोस