Techie IT

मृत्युदाबी बाफतको मासिक रकम भुक्तानी


टेकराज भण्डारी, अछाम । एसियन लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेड मंगलसेन शाखाले मृत्युदाबी बाफतको रकम भुक्तानी गरेको छ ।

कमलबजार नगरपालिका १० का नौरता चलाउने देउवाका श्रीमान धन बहादुर देउवालाई मृत्यु दाबी वाफतको मासिक पाउने सुविधा रू १७ हजार ५ सय १६ रूपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

नौरताले आफ्ना २ छोरा र १ छोरीको बिमा गरी प्रस्तावक रहनुभएकोमा उहाँको २०७७ चैत्र १७ गते ट्रयाक्टर दुर्घटनामा परी ज्यान गएको थियो । उहाँले एउटाको ८ किस्ता र २ सन्तानको २ किस्ता रकम कम्पनीलाई बुझाउनु भएको थियो ।

कमलबजारमा भएको दुर्घटनामा ज्यान गुमाएका नौरताको छोराछोरीको पढाई सुविधा बाफत कम्पनीको नियमानुसार मासिक रकम भुक्तानी गरिएको हो ।

एक कार्यक्रमका वीच जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोप बहादुर रावलले मृतकका श्रीमान धनबहादुरलाई चेक हस्तान्तरण गर्नुभयो । चेक हस्तान्तरण गर्दै उपप्रमुख रावलले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै जोखिममा राहत तथा बचतका लागि बीमा अनिवार्य जस्तै भएको बताउनु भयो ।

सो अवसरमा एसियन लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेड मंगलसेन शाखाका प्रमुख गोकर्ण प्रसाद भाटले जोखिममा केही न केही राहत हुने तथा बचतका लागि जीवन बीमा अनिवार्य भएको बताउनु भयो ।

पछिल्लो समय बीमा गर्नेको संख्या बढीरहेको भन्दै सबैलाई बीमाको दायरामा ल्याउन सके त्यसबाट हुने बचतले आफ्नो तथा बालबालिकाको भविष्यका लागि ठुलो राहत पुग्ने बताउनु भयो ।

अब धन बहादुर देउवाले उहाँहरुका छोराछोरीको उमेर १६ बर्ष नपुगुञ्जेल मासिक सुविधा पाउने र १६ बर्ष पुगेपछि नियमानुसार एकमुष्ट पाउनुपर्ने रकम पाउने शाखाप्रमुख भाटले बताउनु भयो ।

कार्यक्रममा अभिकर्ता बसन्त राज भाट, मृतकका छोराछोरीको बिमा गराउने अभिकर्ता तपेन्द्र भण्डारी, तुलाराम देउवा, सर्प नेपाली लगायतको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय


प्रतिक्रिया दिनुहोस