Techie IT

बाजुरामा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ


बाजुरामा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ परेका छन्।

बुढिनन्दा नगरपालिका (७ जेठारीबाडाका २७ वर्षीय घमण्ड जेठारालाई मंगलबार पक्राउ गरेको प्रहरीले बताएको छ। उनले २५ वर्षीया महिलामाथि उनी एक्लै भएका बेला ढोका फोडी घरभित्र पसेर आइतबार जबरजस्ती करणी गरेको बताइएको छ।

अस्थाई प्रहरी पोष्ट पाण्डुसैनबाट खटिएको प्रहरीले जेठारालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, स्थानीय

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस