दर्ता नगरी सञ्चालित हार्डवेयर पसलहरूलाई कारबाही

भक्तपुर नगरपालिकाले दर्ता नगरी सञ्चालित हार्डवेयर पसलहरूलाई कारबाही गर्न थालेको छ ।
नगरपालिकाले पसल दर्ता नभए ५० हजार रुपैयाँदेखि एक लाखरुपैयाँसम्म, बिलविना सामान बिक्री गरे तीन लाख रुपैयाँसम्म र इष्टिमेट बिलमा बिक्री गरे २० हजार रुपैयाँ जरिवाना गरिने जनाएको छ ।
हिजो अनुगमनका क्रममा धेरै हार्डवेयर पसलले दर्ता नवीकरण नगरेको, नापतौल विभागमा तराजु नवीकरण नगरेको, सामान भ्याट बिलविना बिक्री गरेको, मूल्यसूची नराखेको, खरिद बिक्री बिल नराखेको, चिसो भुइँमा डल्ला पर्ने गरी सिमेन्ट र खिया लाग्ने ठाउँमा डण्डी राखेको पाइएको थियो ।
उनीहरुलाई कसुर अनुसारको कारबाही हुने नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस