अबको तीन दिन ठूलो पानी नपर्ने

अबको तीन दिन मनसुन कमजोर रहने मौसमविद्ले बताएका छन् ।
न्यूनचापीय रेखाको प्रभाव नेपालमा कम परेकाले अबको तीन दिन लगातार झरी पर्ने वा भारी वर्षा हुने सम्भावना नरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
तर स्थानीय वायुको प्रभावका कारण सामान्य बदली भइ देशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
आज कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ भने अरु ठाउँको आकाशमा सामान्य बादल लागेर हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।
असोजको पहिलो हप्ता सम्म नै यो वर्षको मनसुन रहने भएकाले अबको तीन दिन मनसुन कमजोर भए पनि फेरि पानी पार्ने मौसमी प्रणाली नेपाल भित्रिएर ठूलो पानी वा लगातार झरी पर्ने सम्भावना पनि रहने सक्ने उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस