Techie IT

कञ्चनपुरमा ६०२ जना कुपोषित बालबालिका भेटिए


जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले स्थानीय तह र सरोकारवाला निकायसँगको सहकार्यमा कुपोषित बालबालिकाको खोजी अभियान सञ्चालन गरेको छ ।

साउन र भदौमा सञ्चालन गरिएको अभियानमा ६०२ जना कुपोषित बालबालिका भेटिएका छन् । तीमध्ये ९५ जनामा कडा खालको कुपोषण र ५०७ मा मध्यम खालको कुपोषण देखिएको छ।

जिल्लाभर सबैभन्दा बढी कुपोषण बेलडाँडी गाउँपालिकामा भेटिएको छ । त्गहाँका १०२ जना बालबालिकामा कुपोषण देखिएको छ ।

कुपोषणका लागि बहिरङ्ग सेवा ओटीसी सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले कुपोषित बालबालिका खोजी गरेका हुन्। अभियानमा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई समावेश गरिएको थियो।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले कोरोना महामारी संक्रमणले बालबालिकामा कुपोषणको समस्या देखा परेपछि अभियान सञ्चालन गरी खोजी कार्य गरिएको बताए।


क्याटेगोरी : समाचार, स्वास्थ्य


प्रतिक्रिया दिनुहोस