Techie IT

महाकाली नदीमा डडेल्धुराका एक युवक बेपत्ता


महाकाली नदीमा नुहाउने क्रममा डडेल्धुराका एक युवक बेपत्ता भएका छन् ।

शनिबार दिउँसो भारतको भुवागाउँ भन्ने स्थानमा नुहाउने क्रममा परशुराम नगरपालिका ५ का १८ वर्षिय दिपक नाथ बगेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

उनी एक साता अघि मात्रै भारतको भुवागाँउमा मजदुरी गर्न भनी गएका थिए । उनको खोजीकार्य भईरहेको ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।


क्याटेगोरी : समाचार, समाज


प्रतिक्रिया दिनुहोस