Techie IT

अछामका १४ जनाको कोरोना रिपोर्ट नेगेटिभ


अछाममा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

पछिल्लो २४ घण्टामा बयालपाटा अस्पतालमा १४ जनाको कोरोना परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण नभएको पाइएको हो ।

बयालपाटा अस्पतालमा ५ जना महिला र ९ जना पुरुषको कोरोना परीक्षण गरिएको थियो ।

जिल्लाको कमलबजार नगरपालिकामा रहेको कमलबजार पिसिआर प्रयोगशालामा हालसम्म ७ हजार ९ सय ८४ जनाको कोरोना परीक्षण गरिएको छ ।

उक्त संख्यामा गरिएको कोरोना परीक्षणमा २ हजार ७ सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस