Techie IT

पेसागत संघ सङ्गठनका प्रतिनिधिको बैठक मेल्लेखमा सम्पन्न, के भए निर्णय ?


मेल्लेख गाउँपालिकामा नेपाल शिक्षक महासङ्घ र पेसागत संघ सङ्गठनका प्रतिनिधिको बैठक सम्पन्न भएको छ ।

शिक्षक महासङ्घ गाउँपालिका कार्यसमिति अध्यक्ष दल बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको बैठकले आफ्ना विभिन्न माग पुरा गर्न ध्यानाकर्षण गरेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ बजेट भाषणमा सङ्घीय सरकार र स्थानीय सरकारको संयुक्त विनियोजनमा विद्यालय कर्मचारीहरूको मासिक पारिश्रमिक न्ययुनतम १५ हजार कायम गर्ने घोषणा भए पनि स्थानीय सरकारले कार्यान्वयन गर्न नचाएको भन्दै ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बिच भएको पेसागत माग पुरा गर्ने सम्झौता भएको थियो । तर त्यो कार्यान्वयन भएको छैन ।

मेल्लेखका शिक्षक महासङ्घ पेसागत संघ सङ्गठनले गाउँपालिकाका सरोकारवालासँग छलफल गरी सङ्घीय सरकारले तोके बमोजिमको रकम नघट्नेगरि विद्यालयमा कार्यरत शिक्षक कर्मचारी लेखापाल र कार्यालय सहयोगीको तलब भत्ता कायम गरी निकास गरिदिन अपिल पेस गरेका छन् ।
कुराकानी ः दल बहादुर बुढा


क्याटेगोरी : समाचार, समाज, स्थानीय

चदारा बान्नीगढी टुडेको संवाददाता हुन् । उनी एक दशकदेखी पत्रकारीता पेशामा आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस