Techie IT

मानसिक रोगबाट बच्न यस्तो छ, मनोविद् ढकालको सुझाव


आज विश्व मानसिक स्वास्थ्य दिवस, विभिन्न जनचेतना मूलक कार्यक्रम गर्दै मनाइएको छ । यो दिवस मनाई रहँदा विभिन्न कारणले मानसिक रोगका बिरामी बढेको प्रति चिन्ता व्यक्त गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले मानसिक रोगका बिरामी बढ्न थालेका भन्दै मनोविद्धहरुले चिन्ता प्रकट गरेका हुन् ।

कोरोना कहर, लामो समय भएको लकडाउन, आर्थिक अभाव, प्रतिस्पर्धात्मक जमान लगायतका कारण मानसिक समस्याका बिरामी बढ्दै गएका मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत मनोविद् गोपाल ढकालले बताउनुभयो ।

हरेक वर्ष मानसिक रोगीको सङ्ख्या बढ्दै गए पनि यसलाई प्राथमिकतामा नराख्दा रोगीले भरपर्दो उपचार सेवा पाउन मुस्किल छ ।

अछाममा भने मनोरोगबारेको जनचेतनाको अभाव रहेको बताइएको छ । स्वास्थ्य कार्यालय अछामकाका अनुसार अछाममा कतिको सङ्ख्यामा मनोरोगी छन् भनेर यकिन तथ्याङ्क छैन ।

रेडियो बान्नीगढीसंग कुराकानी गर्दै मनोविद् ढकालले मानसिक रोगीहरूले सङ्केत देखाउन थाले औषधि उपचार, परामर्शतिर लाग्न आग्रह गर्नुभयो ।

मानसिक रोग लाग्नबाट बचाउने पहिलो भूमिका परिवारको रहेको बताउँदै एक्लै बरबराउने, टोलाउने, छाती भारी हुने, टाउको पोल्ने, निद्रा नलाग्ने जस्ता लक्षण देखिए मनोपरामर्शमा जान मनोविद् गोपाल ढकालले बताउनुभयो ।

कुराकानी : गोपाल ढकाल


क्याटेगोरी : समाचार, समाज, स्थानीय, स्वास्थ्य

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस