Techie IT

मनसुन बाहिरिएकाले दशैँमा पानी पर्ने सम्भावना टर्यो


दशैँ अवधिभरको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।

नेपालबाट यो वर्षको मनसुन बाहिरिसकेको र पानी पार्ने प्रणाली तत्काल नदेखिएकाले आज फूलपातीदेखि टीकाको दिनसम्म पानी पर्ने सम्भावना खासै नभएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजदेखि टीकाको दिनसम्म मौसम सामान्य मात्रै बद्ली हुनेछ । झरी पर्ने र ठूलो पानी पर्ने सम्भावना छैन।

पानी परिहाले पनि देशको थोरै ठाउँमा फाट्टफुट्ट, क्षणिक रुपमा मात्रै पानी पर्ने सम्भावना छ । दशैँपछि भने भारतमा नयाँ प्रणाली विकसित हुन लागेकाले त्यसको असरले नेपालमा पनि पानी पर्न सक्ने उहाँले बताउनुभयो ।

यसैबीच आज कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको मौसम आंशिक बद्ली हुने सम्भावना छ । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने सम्भावना छ ।


क्याटेगोरी : समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस