Techie IT

कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु


कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

जिल्लाको जोशीपुर गाउँपालिका -४ बस्ने २६ वर्षीय शंकर चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

छिमेकीको घरमा वत्ती बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार, समाज


प्रतिक्रिया दिनुहोस