Techie IT

बैतडीमा सेती नदी गाउँ पस्यो, ५० स्थानीय बाढीमा फसे


बैतडीमा सेती नदी गाउँ पस्दा झण्डै ५० जना स्थानीय बाढीमा फसेका छन् । जिल्लाकोे सिगास गाउँपालिका–५ डुंगाड बस्तीमा बाढी पसेको हो ।

सोमबार राति करिब ११ बजेतिर नदी बस्तीमा पस्दा बाढीमा फसेका ५० जना उद्धार पर्खाइमा रहेको स्थानीय राजेन्द्र चन्दले बताए ।

‘५०/६० जना नदीले बनाएको टापुमा फसेका छन्,’ उनले भने, ‘समयमै उद्धार भएन भने अवस्था गम्भीर हुनसक्छ।’

उनका अनुसार ढुंगाडमा अहिलेसम्म उद्धारका लागि सरकारी टोली पुग्नसकेको छैन ।

सेती नदीले बैतडी–डोटी जोड्ने झोलुंगे पुलको एक छेउ पनि बगाएको उनले बताए ।

बढीमा फसेकाहरुको उद्धारको लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी भइरहेको छ ।

तर प्रतिकूल मौसमका कारण हेलिकप्टर उडान हुन नसकेको सुदूरपश्चिमकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताइन् ।


क्याटेगोरी : समाचार, समाज


प्रतिक्रिया दिनुहोस