Techie IT

विराटनगर विमानस्थल जलमग्न, सबै उडान रद्ध


लगातारको वर्षाका कारण आन्तरिक उडान प्रभावित भएको छ । विराटनगर विमानस्थल जलमग्न भएकाले काठमाण्डाै–विराटनगरका सबै उडान रद्ध भएका त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

केसलीया खोलामा आएको बाढी पस्दा विराटनगर विामनस्थलको रनवे, पार्किङ लगायतका ठाउँ डुबानमा परेका छन् । अन्य क्षेत्रमा भने उडान हुन थालेको कार्यालयले जनाएको छ । खराब मौसमका कारण हिजो एकै दिन एक सय वटा आन्तरिक उडान रद्ध भएका थिए ।


क्याटेगोरी : समाचार, समाज


प्रतिक्रिया दिनुहोस