Techie IT

अछामको चौरपाटीका ८ गाउँ पहिरोको जोखिममा


अछामको चौरपाटी गाउँपालिका वडा नम्बर २ का ९ गाउँ पहिरोको जोखिममा रहेका छन् ।

वडाका भटगाउँ, राउकोट, गुरीला, प्रमुल्ली, भुलगाउँ, खापदेऊ, राना गाउँ, जोली गाउँ र सोकट लगायतका गाउँमा जमिन भाँसिनाले बस्तीहरु जेखिममा परेको वडाअध्यक्ष नारायण साउँदले जानकारी दिए ।

३ दिनसम्म परेको अविरल वर्षाको कारण वडामा रहेका अधिकांश घरहरु चर्किएको अध्यक्ष साउँदले बताए। बस्तीको तलबाट बोसल्ली गाड बग्ने र त्यहीँ गाडले कटान गर्दा ९ गाउँ जोखिममा परेको बताइएको छ ।

वडा नम्बर २ मा ४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने पूरै बस्ती सार्नुपर्ने स्थानीय करन साँउदले बताए।


क्याटेगोरी : समाचार, समाज, स्थानीय, हेडलाईन


प्रतिक्रिया दिनुहोस