Techie IT

नेपाल एयरलाइन्सले धनगढीबाट अछाम उडान भर्ने


नेपाल एयरलाइन्सले अछामको साफेबगर बिमानस्थलमामा पनि उडार्न भर्ने भएको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले धनगढीबाट अछामको साँफेबगरको लागि मंगलबारदेखि उडार्न भर्ने तयारी भइरहेको जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उडान भर्नको लागि निर्देशन आएको उनले बताए। यस अघि हप्ताको २ दिन नेपालगन्ज देखि साफेबगर उडान भर्दै आएको थियोे ।

नेपालमा कोरोना महामारीका कारण गरिएको लकडाउनले गर्दा उडान बन्द गरेको थियो । लकडाउन खुले पनि पछि जहाज नभएको भन्दै उडान कटौती गरेको थियो ।तर एयरलाइन्सले जहाज नआएपनि अछामको साफेबगरमा कार्यलयको भने भाडा तिररहेको थियो ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय, हेडलाईन


प्रतिक्रिया दिनुहोस