Techie IT

अछाममा जीवन उपयोगी सीप सम्बन्धी तालिम सुरु


अछाममा जीवन उपयोगी सीप सम्बन्धी तालिम सुरु भएको छ । रूपान्तरण कक्षाका साथी शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण टिओटी तालिमको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

वर्ल्डभिजन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग र आस्था नेपाल अछामको आयोजनामा अछामको मंगलसेन र साफेबगरमा जीवन उपयोगी सीप सम्बन्धी रूपान्तरण कक्षाका साथी शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण टिओटी तालिमको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

मंसिर १० देखि सन्चालन भएको उक्त प्रशिक्षण तालिममा अछाको कमलबजार नगरपालिकाका २,३,४,र ५ गरि ४ वटा वडाका १२ जना, यसैगरी पन्चदेवल बिनायक नगरपालिकाका १,२,३४,६ र ७ गरि ६ वटा वडाका १२ जना समेतगरी जम्मा २४ जना साथी शिक्षकहरूलाई जीवन उपयोगी सीप (रूपान्तरण) सम्बन्धी तालिम र आत्मरक्षा सम्वन्धी तालिम दिन मंगलसेनमा सुरू गरिएको छ ।

किशोर किशोरीहरूको शारीरीक र मानसीक परीवर्तन संगै जीवनमा आउने विभिन्न संवेगहरू नियन्त्रण गर्न र जीवन एवं समाजलाई रूपान्तरण गर्ने सीप सिकाउने उदेश्यले उक्त तालीमको आयोजना गरिएको थियो ।

तालिममा जीवन उपयोगी सीपका पन्ध्र वटा खण्डहरूको बारेमा प्रयोगात्मक, अभिनय, खेल विधि , समुहकार्य , प्रशिक्षण आदी बिधीहरूद्वारा सहभागीलाई प्रशिक्षण सुरू गरिएको छ ।

यसका साथै किशोर किशोरीहरूलाई हुन सक्ने सम्भावित हिंसात्मक गतिविधी,यौन जन्य हिंसा, शारीरीक र मानसिक दुर्व्यवहारहरूबाट बच्न मदत पुर्याउने उदेश्यले उक्त टिओटी तालिमको संचालन गरिएको छ ।

यो तालिमको समापन भए लगत्तै साथी शिक्षकहरू मार्फत सम्बन्धीत वडामा किशोर किशोरीहरूलाई जीवन उपयोगी सीपमा सक्षम बनाउने उदेश्यले कक्षा संचालन गरिनेछ ।

उक्त दस दिने तालिमको सहजीकरण एनएन फाउन्डेसन नेपालका प्रशिक्षक सुदिप लामा र सुष्मा बिष्टले गरि रहनु भएको छ ।

र उता मेल्लेख गाउँ पालिका र साफेबगर नगरपालिकाका साथी शिक्षकहरूका लागी साफेवगर अछाममा पनि यसै संस्थाको आयोजनामा सो तालिम संचालन गरिएको छ ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय


प्रतिक्रिया दिनुहोस