Techie IT

बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते,


बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। बैतडीको गोठलापानीबाट दोगडाकेदार ४ बसाली तर्फ गईरहेको से १ ज २२६ नम्बरको जिप बिहीबार दोगडाकेदार गाउँपालिका–३ तारल भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीका १४ बर्षीय भीम धामी, सोही ठाउँका २५ बर्षीय दीपकसिंह कार्की र प्रहरी जवान समेत रहेका दशरथचन्द नगरपालिका ११ बर्तोलीका डम्मर महरा घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि धनगढी पठाइएको खोचलेक प्रहरीचौकीका प्रमुख प्रहरी नायव निरीक्षक मोती बमले बताए । जिप सडकबाट करीब ५० मिटर तल खसेको छ।

सडक चिप्लो भएका कारण जिप चिप्लेर दुर्घटनामा भएको हुन सक्ने प्रहरीले जनाएको छ। जिपमा १० जना सवार रहेका बताइएको छ। जिप चालक भने फरार रहेका छन् ।


क्याटेगोरी : समाचार, समाज


प्रतिक्रिया दिनुहोस