Techie IT

सञ्चारिका समूह सुदूरपश्चिमको अध्यक्षमा चाँदनी आचार्य


सञ्चारिका समूह सुदूरपश्चिमको अध्यक्षमा चाँदनी आचार्य चयन भएकी छन् । समूहको बुधबार टीकापुरमा भएको अधिबेशनले अध्यक्षमा चादनी आचार्यलाई चयन गरेको हो ।

समूहको उपाध्यक्षमा सीता खनाल, सचिवमा गीता चौधरी, कोषाध्यक्षमा त्रिप्ती शाही , सह सचिवमा नन्दा महरा चयन भएका छन् ।

९ सदस्यीय समूहको समितिको सदस्यमा नन्दा थापा, भावना पौडेल, गीता जोशी, पवित्रा खड्का चयन भएका छन् । समूहका अध्यक्ष दुर्गा देवकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

सञ्चारिका समूहले पत्रकारितामा महिलाको संख्यात्मक र गुणात्मक वृद्धिका क्षेत्रमा काम गर्दै आएको छ ।

यसका साथै लैंगिक विभेद अन्त्य, महिला सहभागिता वृद्धि जस्ता कार्यमा सहजीकरण गर्ने गरेको छ ।


क्याटेगोरी : समाचार, समाज

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस