Techie IT

अछाममा गिट्टी कुट्ने क्रममा टाउकोमा ढुंङ्गा लाग्दा एक बालकको ज्यान गयो


गिट्टी कुट्ने क्रममा टाउकोमा ढुंगा लाग्दा अछाममा एक बालकको ज्यान गएको छ । जिल्लाको कमलबजार नगरपालिका वडा नः १ मुली मोटरकाट्ने निवासी नमराज अधिकारीका करीब १५ बर्षिया छोरा हिक्मत अधिकारीको मृत्यु भएको हो।

वडा नः १ को बतासेबजार जाने सडक नजिकै गिट्टी निकाल्नका लागी बनाइएको खाल्डोमा गिट्टी निकाल्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर अधिकारीको मृत्यु भएको स्थानिय दिवश बडुवालले बताए ।

बुधबार दिउँसो गिट्टी निकाल्ने क्रममा उक्त घटना भएपछि टाउँकोमा गम्भिर चोट लागेका अधिकारीलाई उपचारका लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बडुवालले जानकारी दिए् । सुदुर दर्पण


क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढी तथा बान्नीगढी टुडेको संवाददाता हुन् । उनले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस