Techie IT

बिद्यार्थी द्धारा अछामका बाढी पिडितलाइ राहत संकलन


भाद्र ३१ गतको अबिरल बर्षका कारण अछामका तिन वटा पालिकामा ठुलो जनधनको क्षति भएको छ ।

जिल्लाको ढकारी गाउपलिका ,तुर्माखाद गाउपालिका , र कमलबजार नगपालिकामा ठुलो मानविय र भौतिक क्षति भएको हो ।

उक्त बाढी पिडितमा परि शोक र मर्कामा परेका पिडितहरुको पिडालाइ मध्यनजर गर्दै बाडि पिडितलाइ केहि राहत पुगोस भन्ने उदयश्यले विद्यार्थीले  अछामका बाढी पिडित राहत संकलन अभियान जारी गरेको हो ।

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू सचिव एवं बिद्यार्थी मनोज रावलको नेतृत्वमा असोज ४ गते लिल्ला प्रशासन कार्यलयबाट अनुमति पत्र लिइ असोज ५ गतेबाट राहत संकलन अभियान सुरु गरेको हो ।

विद्यार्थी मनोज रावल भरत राना, नबराज विक र गजेन्द्र शाहकोे सहकार्यमा बाढी पिडित राहत संकलन अभियान संचालन गरिएको हो । नगरपालिका तथा गाउपालिका कार्यलय ,सरकारी कार्यलय ,बैंकिङ क्षेत्र र केहि व्यापारिहरु बाट जम्मा रकम  रु.१५१६४५ संकलन गरिएको बताइएको छ ।

उक्त राहत संकलन अभियानमा मनोज रावल भरत राना नबराज बिक गजेन्द्र शाह हिरेन्द्र आउजी यकेन्द्र साउद मिना साउद रमिता सुनार यशोदा रावल हीरेन्द्र आउजि कृष्ण राज कापडी अस्मिता बोहरा प्रतिमा विष्ट निर्मला जोशी करिश्मा सिंह ठकुरी लगाएतका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यस्तै राहत संकलन अभियान बाट संकलन भएको रकम २०७९÷०६÷२३ गते देखि २६ भित्र जिल्ला प्रशासन कार्यलय अछाम र सम्बन्धित पालिका र वडाको रोहभरमा बाढी पिडित परिवारलाई राहात हस्तन्त्रण गर्ने, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू सचिव एवं बिद्यार्थी मनोज रावलले जानकारी दिएका छन ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय, हेडलाईन

बि.क बान्नीगढी टुडेको संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!