Techie IT

चाडपर्वमा सवारी दुर्घटना न्युनिकरणका लागि मंगलसेनमा सचेतना कार्यक्रम सम्पन्न


चाडपर्वको बेलामा सवारी दुर्घटना न्युनिकरणका लागि सचेतना कार्यक्रम मंगलसेन बजार र वडा नम्बर ३ क्षेत्र पर्ने क्षेत्रमा सचेतना सहित शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

अस्थायी ट्राफिक पोष्ट मंगलसेनको आयोजनामा ट्राफिक नियम पालना गराई सुरक्षीत यात्रा गराउने उद्देश्य साथ सवारी चालक,परिचालक तथा यात्रुसंग १ मिनेट कार्यक्रम गरि पर्चा पम्पलेट वितरण तथा ट्राफिक सचेतना कक्षा संचालन गरिएको पोष्ट ईन्चार्ज जयहरि चन्दले बताउनु भयो ।

सोही अवसरमा असल बस चालकलाई खादा र अब्बिर लगाएर सम्मान गरिएको थियो ।


क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन

बि.क बान्नीगढी टुडेको संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!