जिल्ला इन्चार्ज र सह-इन्चार्जको नाम टुंगो लगाउन नेकपाको सचिवालय बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्जको नाम टुंगो लगाउन सचिवालय बैठक आज बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ३ बजेका लागि सचिवालय बैठक बोलाइएको छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच जिल्ला कमिटी इन्चार्ज र सह–इन्चार्जका बारेमा मोटामोटी सहमति भएपछि आज सचिवालय बैठक बोलाइएको हो ।
दुई अध्यक्षबीच हिजो नामका विषयमा भएको छलफल सकारात्मक भएपछि आज सचिवालय बैठकमार्फत् अनुमोदन गर्ने तयारी भएको बताइएको छ ।
सचिवालय बैठकले ७७ जिल्लाका इञ्चार्ज र सहइञ्चार्जको नाम अनुमोदन गर्ने छ ।
जिल्ला कमिटीका इञ्चार्ज र सह–इञ्चार्जको नाममा अध्यक्षबीच मोटामोटी सहमति भए पनि केन्द्रीय विभागका विषयमा भने छलफल बाँकी रहेको स्रोतले जनाएको छ ।
पछिल्लो समयमा विभाग र जिल्ला इन्चार्जहरुको टुंगो लगाउनका लागि बोलाइएको सचिवालय बैठक दुईपटक सरिसकेको थियो ।
क्याटेगोरी : पत्रपत्रिका, राजनीति


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस