क्वारेन्टिन भित्र बस्दाको पिडा ,कोरोना छ भन्दै वृद्धले गरे आ त्मह त्या
क्वारेन्टिनमा बस्दाबस्दै विक्षिप्त बनेका वृद्धले गरे आत्महत्या

२८ असार, वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिकामा एक वृद्धले क्वारेन्टिनबाट निस्केको एक सातापछि आ त्महत्या गरेका छन् । परवानीपुर गाउँपालिका–५ बहुअरी बस्ने ७० वर्षीय महादेव ठाकुरले धोतीको पासो लगाएर आत्महत्या गरेका हुन् । राति खाना खाएर सुतेका महादेव ठाकुर बिहान अचानक मृ त फेला परेको उनका छोरा जितेन्द्रले बताए । उनी क्वारेन्टिनमा बस्दा मानसिक रुपमा विक्षिप्त भएको र घर आएपछि आत्म ह त्या गरेको स्थानीयको अनुमान छ । स्थानीयका अनुसार उनले साथीभाइ र आफन्तलाई भेट्दा ‘मलाई कोरोना भइसकेको छ, प्र हरीको गाडी आएर लैजान्छ’ भन्ने गर्दथे ।
वडा अध्यक्षलाई समेत उनले आफूलाई कोरोना संक्रमण भइसकेको बताएका थिए । तर, आफूले पीसीआर रिपोर्ट नेगेटिभ आएकाले नआत्तिन भनेर सम्झाएको वडा अध्यक्ष साह बताउँछन् ।‘हिजो बिहान मसँग उहाँको भेट भएको थियो, मलाई कोरोना भइसकेको छ, प्र हरी आएर लैजान्छ भन्दै हुनुहुन्थ्यो,’ वडाअध्यक्ष रामेश्वर प्रसाद साहले भने, ‘मैले पीसीआर रिपोर्ट नेगेटिभ आएरै घर पठाएका हुन्, तनाव लिनुपर्ने केही छैन भनेर सम्झाएर पठाएको थिएँ ।’
साहका अनुसार महादेवको मानसिक अवस्था पहिलेदेखि नै कमजोर थियो । ‘पहिला पनि कहिले बोक्सी लागेको छ भन्ने, ल्वाङ हेराउने, जन्तर लगाउने गर्नुहुन्थ्यो,’ वडा अध्यक्ष साह भन्छन्, ‘यसपालि नै ७० वर्ष पुग्नुभएको थियो, वृद्ध भत्ताका लागि फारम भराएर सबै तयारी गरेको थिएँ । भत्ता थाप्ने बेलामा संसारै छोडेर जानुभयो ।’
उनले आफूलाई कोरोना संक्र मण भएको भनेर गाउँलेहरुलाई भने पनि त्यो कुरा परिवारका सदस्यहरुले पत्तो पाएनन् । उनका छोरा जितेन्द्रले भने, ‘क्वारे न्टिनको बसाइबारे पनि केही भन्नुहुन्नथ्यो । गाउँलेले कस्तो व्यवहार गर्छन् भनेर पनि भन्नुहुन्नथ्यो । अचानक बिहान नराम्रो खबर सुन्नुपर्यो ।’
कोरोना महामारी शुरु हुनुअघि उनी भारतको बिहार राज्यअन्तर्गत पर्ने नरक टियागञ्जमा छोरीको घरमा गएका थिए । त्यहीँ रहेकै अवस्थामा लकडाउन शुरु भएपछि उनी त्यतै रोकिए । दुई महिना त्यता बसेपछि रक्सौलमा छोराको ससुरालीमा आएर १५ दिनजति बसेका थिए ।
वडा अध्यक्ष रामेश्वर प्रसाद साहलाई फोन गरेर घर आउने व्यवस्था मिलाइदिन आग्रह गरेपछि गाउँपालिकाले असार ८ गते एम्बुलेन्समार्फत् ल्याएर गाउँकै क्वारेन्टिनमा राखेको थियो । क्वारेन्टिनमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ११ औं दिनमा असार १९ गते उनलाई घर पठाइएको थियो । अनलाईन खबरबाट साभार ,
महादेवको श व कलैया अस्पतलामा पोष्टमार्टमका लागि लगिएको छ । त्यसपछि गाउँ ल्याएर धार्मिक परम्परा अनुसार दाहसंस्कार गर्ने तयारी भइरहेको स्थानीयले बताएका छन् ।