लामो दूरीको यातायात भदौ १ गतेदेखि खुल्ने,जोर विजोर हट्यो

७ साउन, काठमाडौं । अन्तर जिल्ला चल्ने मध्यम तथा लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि मात्र सञ्चालन हुने भएको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यातायात व्यवसायीहरुले साउन ८ गतेदेखि नै मध्यम तथा लामो दूरीमा यातायात सञ्चालन गर्न दिन माग गरेका थिए । तर सरकारले भदौ १ गतेपछि मात्र लामो दूरीको यातायात खोल्ने निर्णय गरेको हो ।
भदौ १ गते भन्दा अघिसम्म भने उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र यातायात सञ्चालन गर्न पाइनेछ । मन्त्री खतिवडाका अनुसार निजी सवारीको जोर विजोर भने हटेको छ । सरकारले २९ जेठबाट जोर विजोर प्रणालीअनुसार निजी सवारी चलाउन अनुमति दिएको थियो ।
यातायात व्यवसायीको सकारात्मक प्रतिक्रिया
यातायात व्यवसायीहरुले सरकारको निर्णयको स्वागत गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारको निर्णयले ढिलै भएपनि व्यवसायी र यात्रुलाई राहत दिने बताए । उनले तोकिएको मापदण्ड पालना गरेर सवारी साधन चलाउन आफूहरु तयार रहेको भन्दै सरकारले भदौ एक अगाडि नै लामो दूरीको सवारी खुलाए पनि सेवा दिन सकिने बताए ।
‘अझै अगाडि खुलिदिएको भए हामीलाई राहत हुन्थ्यो,’ सिटौलाले भने,‘तर पनि भदौ १ गतेबाट हामी लमो दूरीमा तोएिको मापदण्ड पुरा गरेर सेवा दिन्छौं ।’सरकारले जिल्ला र काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी यसअघिबाटै खुला गरिसकेको छ । सेवमा जान नमानेका व्यवसायीहरुले पनि साउन ८ गतेबाट सेवा दिन थाल्ने बताएका छन् ।
क्याटेगोरी : पत्रपत्रिका, मुख्य समाचार, रोजगार, समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस