गोंगबु ह१त्या का ण्ड ! ‘नशालु चक्की खुवाएर बेहोस बनाएँ,पछी कल्पनाले यसरि गरिन ह२त्या,अनुसन्धान हुदै

काठमाडौँ । गोंगबुको नवज्योती मार्गमा दाङका कृष्णबहादुर बोहराको ह,त्या गरेर सुटकेशमा शव फाल्ने आ रोपीलाई सोमबार प्रहरीले चितवनबाट प क्रेर काठमाडौँ ल्याएको छ । आफूलाई कल्पना शाही बताउने ह त्या आरो पीको वास्तविक नाम कल्प ना मुड वरी भएको खुलेको छ । कृष्णबहादुरसँग उनले सामाजिक सञ्जाल फेसबुकमा कमला पौडेलको नामबाट कुरा गर्थिन् ।

कल्पनाले शनिवार राती आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई ‘आफैले मारे को’ बताएकी छिन् । प्रहरीसँग उनले ह त्या गर्न कसैको सहयोग नलिएको दावी गरेकी छिन् । ‘मलाई दुःख दिन आएपछि ह त्या गरेको आरो पीको भनाइ छ,’ ह त्या अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले ‘श व व्यवस्थापनमा चाहिँ उनकी १६ वर्षीया छोरीले सहयोग गरेको खुलेको छ ।’

कृष्णबहादुरलाई स्लिपिङ ट्याब्लेट (नशा दिने चक्की)खुवाएको र बला त्कार प्रयास गरेपछि घुँडाले संवेदनशील अंगमा हिर्काउँदा ढलेको कल्पनाको दावी छ । उनले दावी गरेपनि प्रहरीको अनुसन्धानबाट सो तथ्य पुष्टि हुन बाँकी छ । मृ त्युपछि बाथरुममा लगेर उनको खुट्टा र टाउको काटेर सुटेकश र जेब्रा झोलामा लगेर सडक किनारमा फालेको कल्पनाको भनाइ छ ।

ह्यामर र दाउ बरामद
प्रहरीले गोंगबु नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा रहेको उनको फ्ल्याटबाट ह्यामर र मासु काट्ने प्रयोग गरिने दाउ बरामद गरेको छ । ह्यामर र दाउ खाटमुनी फेला परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधि कृतले जानकारी दिए । महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाले मंगलबार घट नाबारे जानकारी दिन संयुक्त पत्रकार सम्मेलन गर्दैछ । आइतबार विहान गोंगबु गणेशस्थान नजिक उनले बोहराको श व र टाउको फालेको ठाउमा प्रहरी पुग्यो । दिनभर त्यो क्षेत्रमा ठूलो संख्यामा प्र हरी घुमिरहेको थियो ।

त्यो दृश्य चुपचाप हेरिरहेकी कल्पना साँझ एम्बुलेन्स बोलाएर चितवन लागिन् । छोरा–छोरीसहित चितवन शक्तिखोरस्थित घरमा गएकी उनलाई चितवन प्रहरीसँगको समन्वयमा काठमाडौँ प्रहरीले टाँडीबाट प क्रेर काठमाडौँ ल्याएको छ । कल्पनालाई चितवन लैजाने एम्बुलेन्स चालकलाई समेत प्रहरीले मकवानपुरको हेटौंडाबाट नियन्त्रणमा लिएको । रातोपार्टीमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker